नागरिक लगानी कोषमा १ खर्ब ६४ अर्ब जम्मा 

नागरिक लगानी कोषमा १ खर्ब ६४ अर्ब जम्मा 

कोषमा जम्मा भएको १ खर्ब ६४ अर्ब ८८ करोड रुपैयाँ मध्ये १ खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको कोषले जनाएको छ। कोषमा सरकारी, निजी, गैरसरकारी र व्यक्तिगत गरेर साढे ७ लाख सहभागी भएका छन्। 

नागरिक लगानी कोष कर्मचारी युनियनले कोषका पूर्व कर्मचारी अनिल कुमार ढकाल र सुभाष चन्द्र दाहाललाई सम्मान गरेको कार्यक्रमपछि कोषले यो जानकारी दिएको हो । सम्मान स्वरूप युनियनले मायाको चिनो प्रदान गरेको छ। 

सम्मान कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमन नेपालले सबै कर्मचारीहरूको मिहेनतको कारण संस्था अहिलेको अवस्थामा आइपुगेको बताएका थिए। 

फागुन १, २०७७ शनिबार १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।