रोयल्टी विवाद : गायक र सङ्गीतकारलाई षड्यन्त्रमा नपर्न आग्रह

रोयल्टी विवाद : गायक र सङ्गीतकारलाई षड्यन्त्रमा नपर्न आग्रह

काठमाडौँ :कसैको प्रलोभन, सम्मान, षड्यन्त्र तथा झुटा आश्वासनमा नपर्न सङ्गीतकार सङ्घ र गीताकार सङ्घले कलाकार र गायक/ गायिकालाई आग्रह गरिएको छ।

सङ्गीतकार सङ्घ र गीतकार सङ्घले विज्ञप्ति निकालेर रोयल्टी र प्रतिलिपि अधिकारका लागि सङ्गठित भइरहेका बेला
स्रष्टालाई विभिन्न प्रलोभनमा पार्ने, आफ्नो षड्यन्त्रमा फसाउने तथा झुटा आश्वासन दिएर आफ्नो पक्षमा पार्ने कार्य हुनसक्ने सचेत हुन आग्रह गरेको हो।

पछिल्लो समय गायक र सङ्गीत कम्पनीबिच रोयल्टीको विषयमा विवाद सुरु भएको थियो। विन्दवासिनी म्युजिककी सञ्चालिका नै पक्राउ परेकी थिइन्। त्यसयता गायक/गीतकार लगायतका स्रष्टा र कम्पनीबिच ध्रुवीकरण सुरु भएको थियो।

दुवै संस्थाले विज्ञप्तिमा अधिकारका लागि मातृ संस्थाहरूले चलाएका अभियानमा सहभागी भई कानुनी अधिकारको लडाइँमा साथ दिन र सङ्गीतको प्रयोग र त्यसको रोयल्टी तथा व्यापारमा पारदर्शिताका लागि सुरु गरिएको अभियानमा साथ दिन आग्रह गरेका छन्।
 

फागुन १, २०७७ शनिबार ०८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।