'मलाई अमेरिका यही' बोलको गीतका गायिका भन्छिन् - यस बेला खुसीको आँसु खसाल्छु

'मलाई अमेरिका यही'  बोलको गीतका गायिका भन्छिन् - यस बेला खुसीको आँसु खसाल्छु

काठमाडौँ : सात, आठ वर्ष अघि निकै चलेको गीत थियो ‘अमेरिका यही, कोरिया नि यही’। यही गीतका कारण गायक पशुपति शर्मा चर्चामा रहे।

गायक शर्माले एक महिनाअघि मात्रै लुट्न सके लुट भाग २ मार्फत कठै मरो देश बोलको गीत सार्वजनिक गरेका छन्। 

उनले भने जस्तै केही होला कि भन्दा भन्दै कहीँ कति साल भने झैँ भएको छ, गायिका सिता केसीलाई। देशको हालत देखेर उनले गीत मार्फत ‘रौँ कि हाँसो भो’ भनेर वर्तमान राजनीतिलाई फोहोरी राजनीतिको संज्ञा दिएका छन्। 

शर्मासँग मलाई अमेरिका यही, कोरिया नि यही बोलको गीत गायकी केसीको भने चर्चा भएन। देशको वर्तमान अवस्था चित्रण गर्ने गायक गायिकाले आफूलाई चर्चित मानिरहेका छन्। 

यो कुरा गायिका सिता केसी स्वीकार गर्छिन्,‘मेरै कारण नै चर्चामा आउन सकिन्। यो गीतको गायिका भनेर आफ्नै साथीहरूले चिनेका छैनन्। ‘मेरो गीत हिट भयो, तर खोइ किन हो कुन्नि मेरै साथीहरूले यो गीतको गायिका म हो भनेर चिनेनन्।’ उनले भनिन्। 

देशका ७७ जिल्ला मध्ये सल्यानको सम्झन लायक कुरा भुलेकी छैनन् उनले। ‘आफैले फलाना (मलाई अमेरिकी पनि यही...) गीतको गायिका म नै हो भन्नुपर्यो,’ उनले भनिन्, ‘सल्यानमा मेरो गीत नसुन्ने कोही  थिएनन् तर यो गीत गाउने गायिका म नै हो नभनुन्जेल कसैले वास्ता गरेनन्।’

आफूले आफैलाई चिनाउँदा सेल्फि खिँच्नेको भिड नै लागेको सम्झना उनले सम्झिइन। 

उनले गायक पशुपति शर्मा सहित प्रकाश सपुत, रामजी खाँड, बसन्त थापा लगायत सबैसँग गीत गाइसकेको बताइन्। उनले गाएको गीत मध्ये ‘मलाई अमेरिका यही’ बोलको गीत चर्चित भनिन्छ। हुन त उनले ‘छलछल पानी, वारी ददौरी, गोधुली साँझैमा’ लगायतका गीत गायकी छन्।  

सिताले हार मानेको अन्तिम गीत  

२०६३ सालबाट गीत गाउन सुरु गरेकी सिताले दर्जनौँ गीत बजारमा ल्याइसकेकी थिइन। उनले गाएका कुनै गीत हिट हुन सकेका थिएनन्। जति गीत बजारमा आए पनि हिट नभएपछि उनले पढाई छोडेर कोरिया जाने विचार गरिन्। 

कोरियाको भाषामा पनि उनले ९५ प्रतिशत ल्याइन् तर उनको कोरियाको लागि भिसा लागेन। यही सिलसिलामा उनले व्याचलर पनि पास गरिन्।

गीत पनि नचल्ने भिसा पनि नलाग्ने भएपछि उनले अन्तिम पटक गीत निकाल्छु र अनि कहिल्यै गीत ननिकाल्ने सोचका साथ गायक पशुपति शर्मालाई गीत लेख्न लगाएको दाबी गरिन्। 

‘पशुपति शर्माले उनको कोरिया जाने प्लान चौपट भएको सुनेपछि ‘मलाई अमेरिका यही, मलाई कोरिया नै यही ’बोलको गीत सिर्जना गरे र लय बनाए।’ गायिका सिता केसीले भनिन्। गीतमा उनी आफैले अडियो भिडियोमा लगानी गरेको बताइन्। उनले हार मानेर निकालेको अन्तिम गीतले चर्चा पायो। 

दर्शकले नचिन्दा दुख लाग्छ 

गायिका केसी आफूलाई नचिन्दा दुख लाग्ने गरेको सुनाउँछिन्। सांस्कृतिक कार्यक्रममा जाँदा आयोजकले नै नचिनेको उनले बताइन। उनले भनिन् ‘धेरै ठाउँमा कार्यक्रमका लागि बोलाउनुहुन्छ, अरू कलाकारसँगै नै म रहेको हुन्छु तर, मलाई कसैले वास्तै गर्दैनन्।’  उनले स्टेज चढ्न भन्दा अगाडि  ‘क’ नबोलेका मान्छेहरू स्टेजबाट ओर्लिए पछि फोटो खिचाउन आउने गरेको बताइन। ‘यो समयमा चाही खुसीको आँसु खस्ने गरेका छन्, म भन्दा पनि मेरो गीत चर्चामा छ, उनले भनिन्, ‘यस बेला खुसीको आँसु खसाल्छु।’

माघ २९, २०७७ बिहीबार ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।