‘महानायिका'  करिष्मा

‘महानायिका'  करिष्मा

काठमाडौँ : अभिनेत्री करिष्मा मानन्धरलाई एक संस्थाले महानायिकाको उपाधि दिएको छ। ‘आर के इन्टरटेनमेन्ट ग्रुप’ले उनलाई महानायिकाको उपाधि दिएको हो। 

आयोजकले अभिनेत्री करिष्मालाई महानायिका लेखिएको क्राउन लगाइदिएको थियो। स्यास अभिनेता राजेश हमालले लगाइदिए।  

कार्यक्रममा कलाकार नीर शाह, कुलमान घिसिङ, गीतकार डा.भोला रिजाल, गीतकार मीन सागर लामा लगायतका व्यक्तिहरूलाई समेत  सम्मान प्रदान गरिएको थियो।
जिम्मेवारी बढायो : करिष्मा
करिष्माले उकेरासँग आफ्नो नाम तोकेर दिएको सम्मानलाई स्वीकार गरेको बताइन्। उनले भनिन् 'आफूले मागेर पाएको सम्मान होइन, अरूले गरेको सम्मान हो। त्यो त मैले स्वीकार गर्नुपर्छ। कसैले नाम तोकेर गरेको सम्मानलाई अस्वीकार गर्ने भन्ने त हुँदैन। सम्मानले थप जिम्मेवारि बढेको महसुस गरेको छु।’ 

नेपाली फिल्म क्षेत्रमा राजेश हमाललाई महानायक भनिन्छ। उनलाई यो उपाधी सरकारी या गैर सरकारी संस्थाले दिएको भने हैन। एक कार्यक्रममा उनलाई सञ्चालकले महानायक भनेर सम्बोधन गरेपछि यो उपमा उनीसँगै टाँसियो। हमाल महानायक हुन् त भन्ने बेलाबखत विवाद हुँदा महानायिकाको प्रसंग समेत आउने गरेको थियो।

निरन्तर अभिनय

करिश्माले १४ वर्षको उमेरमा चलचित्र ‘सन्तान’बाट डेब्यु गरेकी थिइन। चलचित्रमा निकै व्यस्त बनेकी करिष्मा चलचित्र ‘कस्तुरी’ मा अभिनय पछि निर्देशक विनोद मानन्धरसँग विवाह गरिन्।

करिष्माले मायालु, ट्रक ड्राइभर, भाउजू, पन्छी, रणभूमि, बसन्ती जस्ता हिट चलचित्र दिएकी थिइन भने आफैले लगानी गरेर ‘ढुकढुकी’, ‘बाबुसाहेब’ निर्माण गरेकी छन्। उनले निर्माण गरेको पछिल्लो चलचित्र ‘फागु’ हो।

माघ २८, २०७७ बुधबार ०९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।