प्रदेश १ मा आमहड्तालमा उत्रिएका ७ जना पक्राउ 

प्रदेश १ मा आमहड्तालमा उत्रिएका ७ जना  पक्राउ 

इटहरी : नेकपा दाहाल नेपाल समुहबाट बन्द गराउँदै हिड्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बन्दगर्ने र उच्छृङखल गतिबिधी गर्नेलाई पक्राउ गरीएको प्रदेश १ प्रहरी कार्यलयले जनाएको छ।

प्रदेश १ का प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विपीन रेग्मीका अनुसार सुनसरीको धरानमा ३ र मोरङको बिराटनगरबाट ४ जना पक्राउ परेका हुन् । 

आफुहरुले सुरक्षाको सम्पुर्ण व्यवस्था गरेपनि सवारी धनीले आफै गाडी नचलाएको उनले बताए। प्रदेश १ मा १० हजार बढी सुरक्षाकर्मी सडकमा खटीएकाले सर्वसाधरणलाई ढुक्क हुन प्रवक्ता रेग्मीले आग्रह गरेका छन् । 

आमहड्तालको प्रभाव प्रदेश १ मा पनि देखीएको छ । बिहानैदेखी लामो दुरीका सवारी साधन चल्न सकेका छैनन। बजार पसल खुल्ला रहेपनि सुरक्षा चुनौती हुने भन्दै सवारी साधन सडकमा गुडेका छैनन्। 

धरान, बिराटनगर, इटहरी, बिर्तामोड दमक लगायत पुर्वका मुख्य सहरहरुमा सुरक्षा सतर्कता बढाइएको छ। बिहानको समयमा केही बन्दकर्ताहरु सडकमा देखीएपनि बिस्तारै अवस्था सामान्य बन्दै गएको देखिएको छ । 
 

माघ २२, २०७७ बिहीबार १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।