आमहड्तालको विरोधमा माइतीघरमा विवेकशीलको प्रदर्शन
काठमाडौँ : विवेकशील साझा पार्टीले माइतीघरमा दाहाल–नेपाल समूहको नेकपाले आज (बिहीबार) गरेको आमहड्तालको विरोधमा प्रदर्शन गरेको छ।
बन्दको विरोधमा विवेकशील साझाका संयोजक मिलन पाण्डे पनि माइतीघर मण्डलामा पुगेका थिए। उनीहरूले ‘बन्दले देश बन्दैन’, ‘बन्द हडतालको राजनीति सधैँका लागि बन्द गरौँ’ जस्ता लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन्।
विवेकशील साझाका संयोजक पाण्डेले बन्दको विरोध पनि आ–आफ्नै घर तथा अफिसबाट गर्न अनुरोध गरे। उनले भने,‘हामीले माइतीघर नआउनुहोस्। बन्दको विरोध अफिसबाट गर्नुहोस् भनेका छौँ। यो सिम्बोलिक प्रोटेस्ट हो।’
करिब २५ जनाको समूहमा रहेका विवेकशील साझाका कार्यकर्ताले बन्दको विरोध गरेका हुन्। उनीहरूले बिहान बिहान ९ बजेदेखि विरोध प्रदर्शन गरेका हुन्।
माघ २२, २०७७ बिहीबार १०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।