राजा त हटे, अव ओलीको पत्तासाप हुन्छ : नेकपा अध्यक्ष दाहाल

राजा त हटे, अव ओलीको पत्तासाप हुन्छ : नेकपा अध्यक्ष दाहाल
तस्बिर : कृष्पा श्रेष्ठ।

आमहड्तालका क्रममा कोटेश्वर पुगेका अध्यक्ष दाहालले ओलीलाई सत्ताबाट बढार्न केही बेर नलाग्ने बताए। उनले हिजोको आन्दोलनलाई संस्थागत गर्न जनता सडकमा आएको उल्लेख गरे। 

‘जनता सडकमा आइसकेपछि राजा त हटे भने, ओलीलाई पत्तासाप बनाउन कसैले रोक्दैन।’ दाहालले भने। आमहड्तामा खटिएका नेता कार्यकर्तालाई हौसला दिन अध्यक्ष दाहाल पनि सडकमा पुगेका छन्। 

यस्तै कोटेश्वरको कमान्ड सम्हालेका लीलामणि पोखरेलले ओलीको निरङ्कुशता विरुद्ध सडकमा उत्रिएको बताए। ‘सडकमा उत्रिनु पर्ने बाध्यता भयो पोखरेलले भने, जनताको बलिदानी बचाउन जनता पनि सडकमा आएका छन्।’ 

ललितपुरको सातदोवोटामा भेटिएका ललितपुरका सांसद राजकाजी महर्जनले आजको आमहड्ताल बेलुकी ६ बजेसम्म कायम रहने बताए। सातदोवाटोदेखि ग्वार्कोचोकसम्म र कोटेश्वरमा गाडी ठप्प भए पनि ग्वार्कोचोकदेखि कोटेश्वर वरसम्म गाडी चलिरहेका छन्। 

आमहड्तालमा अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी सडकमा तैनाथ छन्। 

 

 

माघ २२, २०७७ बिहीबार ०९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।