उपत्यकामा ओली समूहको र्‍याली (फोटो फिचर) 

उपत्यकामा ओली समूहको र्‍याली (फोटो फिचर) 

बालकुमारीबाट निकालिएको र्यालीले सातदोबाटो, जावलाखेल, थापाथली, दरबारमार्ग, जयनेपाल, कमलपोखरी, एयरपोर्ट हुँदै तीनकुने पुगेर कोणसभामा परिणत भएको थियो। 

र्यालीमा सहभागीले प्रधानमन्त्री ओलीका पक्षमा नारा लगाएका थिए। 

ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा स्पष्टरूपमा दुई समूहमा विभाजन भएको छ। 

नेकपाको पुष्पकमल दाहाल–माधवकुमार समूहले संसद् विघटनको विरोधमा आन्दोलन गर्दै आइरहेको छ। यसकै विरोधमा उक्त समूहले भोलि नेपाल बन्द आह्वानसमेत गरेको छ। 

ओली समूहले यही माघ २३ गते काठमाडौंमा सभा गर्ने तयारी गरेको छ। 

माघ २१, २०७७ बुधबार १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।