ओस्कार कलेजद्वारा २४ विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा 

ओस्कार कलेजद्वारा २४ विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा 

काठमाडौं : फिल्म पढाउँदै आएको ओस्कार इन्टरनेसनल कलेजले यो वर्ष २४ विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ। 

कलेजले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको हो। 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण आर्थिक स्रोत जुटाउन नसकेर फिल्म पढ्न नपाउने २४ जना विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको कलेजले जनाएको छ। 

जसमध्ये २० जनालाई ‘कोभिड रिलिफ स्कलरसीप अवार्ड’ पाउनेछन् भने ४ जनालाई ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ दिइनेछ। 

कलेजका अनुसार ‘कोभिड रिलिज स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले चार वर्षमा विभिन्न आर्थिक सहयोग पाउनेछन्। यसैगरी, ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले पढाइ अवधिभर लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्। 

छात्रवृत्ति प्राप्त गर्न विद्यार्थीले मिडिया तथा फिल्म उद्योगमा पाँच वर्ष काम गरेको हुनुपर्नेछ। 

यो फिल्म पढाउने नेपालकै पहिलो कलेज हो। 

माघ १९, २०७७ सोमबार २१:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।