कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौँ : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।
नियमित तर्फ परीक्षामा सहभागी तीन लाख १० हजार तीन सय १६ जना मध्ये सबै भन्दा धेरै जिपिए २ दशमलव ४१ .२ दशमलव ८० मा एक लाख नौ हजार तीन सय १२ विद्यार्थीको ग्रेड वृद्धि भएको बोर्डले जनाएको छ ।
यस्तै ग्रेडबृद्धि तर्फ ९१ हजार नौ सय जना सहभागी थिए भने आंशिक तर्फ ३१ जार ५५ जना गरी चार लाख ३३ हजार २ सय ७१ जना परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ ।
आंशिक तर्फका एक जनाको नतिजा रद्द गरिएको छ भने नियमित तर्फ छ हजार तीन सय २० जनाको स्थगित गरिएको छ । यस्तै दुई हजार नौ सय ८२ जना ग्रेडबृद्धि तर्फका र दुई हजार एक सय ८८ जना आंशिक तर्फका विद्यार्थीको नतिजा स्थगित गरिएको छ । आंशिक तर्फ २५ हजार दुई सय ८८ जना उत्तीर्ण भएका छन् । यो ८१ दशमलव ४३ प्रतिशत हो ।
गत वैशाख ८ गते देखि सञ्चालन हुनु पर्ने कक्षा १२ को परीक्षा कोरोना भाइरसका कारण पूर्णाङ्क घटाएर गत मङ्सिर ९ गते देखि सञ्चालन गरिएको थियो । कक्षा १२ लाई को परीक्षा ४० प्रतिशत पूर्णाङ्कको मात्र थियो ।
बाँकी ६० प्रतिशत मध्ये ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको थियो ।
बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कक्षा १२ को मौका परीक्षाबारे भने अहिले निर्णय नभएको बताए।
माघ १९, २०७७ सोमबार ११:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।