राष्ट्रिय वाणिज्यको दोस्रो त्रैमाससम्मको खुद मुनाफा एक अर्ब ७४ करोड
काठमाडौँ : राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आर्थिक वर्ष ।२०७७ ७८ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ७४ करोड खुद मुनाफा गरेको छ। गत आर्थिक वर्षका यही अवधिमा बैङ्कले २ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो।
यस अवधिमा बैङ्कको कुल समग्र आम्दानी २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी ३ अर्ब ९१ करोड, कुल सञ्चालन आम्दानी ४ अर्ब ६५ करोड र खुद सञ्चालन आम्दानी ४ अर्ब ५० करोड रुपैयाँ छ। सेयर धनी कोष २५ अर्ब ४७ करोड र लगानी ७४ अर्ब ५८ करोड पुगेको बैङ्कले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
आर्थिक वर्ष २०७७(७८ को दोस्रो त्रैमाससम्मको समीक्षा अवधिमा बैङ्कको कर्जा, निक्षेप, सेयर धनी कोष, लगायत समग्र व्यावसायिक नतिजाहरूमा उत्साहजनक प्रगति हासिल गरेको देखिन्छ।
माघ १८, २०७७ आइतबार १४:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।