बाल गायक सचिन र फ्याम्ला–फ्याम्लीबारे टिप्पणी गर्दा गायिका समीक्षा र मोडल विमल विवादमा
काठमाडौँ : मोडल विमल अधिकारी भाइरल बाल कलाकार सचिन परियारको बारेमा बोलेपछि विवादमा आएका छन्। उनले भाइरल हुने वितिक्कै स्वर र तोरका मान्छेलाई स्टुडियोमा गीत गाउन लगाएर स्टुडियोलाई बाख्राको खोर जस्तो बनाएको भनेपछि उनी विवादमा आएका हुन्।
हालै चर्चामा रहेको गीत ‘पछ्यौरी लिस्यो’ ले एक महिनाकोविचमा करोड भ्युज पुगेपछि निर्माण टिमले केक समेत काटेको थियो। गायक खेम सेन्चुरी र गायिका समीक्षा अधिकारी लगायतको टिमले केक काटे।
यसै कार्यक्रममा गीतका मोडल विमल अधिकारीले अहिले भाइरलहरूका कारण गीतको भाका बिग्रेको भन्दै आक्रोश पोखे।
विमलले गीतको भाका बिगारेको र जथाभाबी गाएका कारण गीतको मर्म हराएको तर्क गरेपछि सङ्गीत कुरुक्षेत्र उनीमाथि खनिए।
कार्यक्रममा सँगै थिइन् गायिका समीक्षा पनि तर उनले केही प्रतिक्रिया दिइनन्। केवल टाउको मात्र हल्लाएर बसिन्। तर प्रतिक्रिया आउँदा पनि उनी पनि मुछिइन् यो विवादमा।
नयाँ प्रतिभा र गरिबको छोरोलाई हेपेको भन्दै यी दुबैको आलोचना भइरहेको छ अहिले।
गायिका समीक्षाले आफूले केही नबोलेको विषयमा विवादमा तानिएको भन्दै प्रतिक्रिया दिइसकेकी छिन्।
‘अन्तरवार्ताकाक्रममा जताततै मलाई गाली आइरहेको छ। तर मैले त्यो अन्तरवार्तामा कसैको बारेमा केही बोलेको छैन। अरूले बोलेको कुरामा मलाई सबैले नराम्रो कमेन्ट गरिरहनुभएको छ । सारै दुख लागेको छ’ उनको प्रतिक्रिया छ।
भाइरलले कलाकारको महत्त्व घट्यो
मोडल विमल अधिकारीले भाइरलका नाममा जो पायो त्यसलाई स्टुडियोमा ल्याएर गाउन लगाएपछि गायनको महत्त्व घटेको आरोप लगाएका थिए ।
उनले अन्तरवार्तामा नामै किटेर भाइरल वाल गायक सचिन परियार र गाउँघरमा गीत गाउँदै चर्चित भएका फ्याम्ला र फ्याम्लीलाई स्टुडियोमा गीत गाउन लगाएकोमा असहमति जनाएका थिए।
उनले नयाँ प्रतिभा भनेर गायन क्षेत्रमा ल्याउनै पर्ने भए गायनको कक्षामा राखेर सिकाएर गीत गाउन दिनुपर्ने तर्क गरेका थिए।
माघ १८, २०७७ आइतबार १४:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।