आन्दोलनमा सहभागी हुन काँग्रेसका भातृ संस्थाको संयुक्त अपिल
काठमाडौँ : नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धको प्रदर्शनमा व्यापक सहभागिताका लागि संयुक्त अपिल गरेको छ।
भोलि माघ १९ गते काँग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको भन्दै काँग्रेसले प्रदर्शनमा सहभागिताका लागि अपिल गरेको हो ।
महिला सङ्घ, तरुण दल, विद्यार्थी सङ्घ, किसान सङ्घ सहितका काँग्रेसका १३ वटा संस्थाले भोलि ७७ वटै जिल्लामा संयुक्त प्रदर्शनको तयारी गरेको विज्ञप्ति निकालेर जनाएका छन्।
संसद् विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको सङ्घर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता लगायतका मुद्दालाई अघि सारेर प्रदर्शनमा सहभागी बन्न संयुक्त विज्ञप्ति मार्फत आग्रह गरिएको छ।
माघ १८, २०७७ आइतबार १३:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।