प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज (शनिबार) सम्पन्न फाइलनमा नेपाल एपिएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधि जितेको हो।
२ सय १२ रनको लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १ सय ७८ रनमा सीमित भयो। उसका लागि आशिफ शेखले ६१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। एपिएफका सन्दीप जोराले २९, शंकर रानाले २१, सुमित महर्जनले १९ र सुवास खकुरेलले १४ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्।
बलिङमा आर्मीका साहब आलम, विक्रम सोब र जितेन्द्र मुखियाले समान ३ विकेट लिँदा सुशान भारीको नाममा १ विकेट रह्यो।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो।
उसका लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाए। यस्तै, राजेश पुलामीले २८, लोकेश बमले १५, सुसान भारी तथा रोहित पौडेलले समान १३ र अनिल मण्डल तथा विक्रम सोबले ११ रन बनाउँदा साहब आलम २५ रनमा अविजित रहे।
बलिङमा एपिएफका अविनास बोहराले सर्वाधिक ४ विकेट लिए। यस्तै, किशोर महतोले २ विकेट चट्काउँदा भुवन कार्की, कमल ऐरी र सरद भेषवाकरको नाममा समान १ विकेट रह्यो।
माघ १७, २०७७ शनिबार १६:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।