रहेनन् गायक ध्रुव केसी

रहेनन् गायक ध्रुव केसी

सिनामंगलमा जन्मिएका केसीले थुप्रै लोकप्रिय गीतहरू गाएका थिए। ६ वर्षको उमेरबाट रेडियो नेपालको बाल कार्यक्रममा सहभागी भएका उनले१६ वर्षमा स्वर परीक्षा पास गरेर रेडियो नेपालमा क्लर्क पदबाट जागिरे जीवन सुरु गरेका थिए । 

३० को दशकमा गायक केसीले गाएको ‘मायालु हजार हुन्छन्’, ‘जिउँदै मर्ने जिन्दगीमा’, ‘तिम्रो माया कागजको रङ्गीचङ्गी फूल जस्तो’ लगायतका गीत चर्चित भएका थिए। यी गीत अहिले पनि उत्तिकै रुचाइन्छ।

वि.सं २००२ साल मङ्सिर ३ गते जन्मेका केसीले रेडियो नेपालको ४ वर्षे जागिर छाडेर भारत गएका थिए । उनले भारतमा बोतल कारखानामा काम गरे । उनले भारतमा ‘आ करके मेरे कब्र पर तुमने जो मुस्कुरादिया’, ‘बिजली चमके गिर परे सारा कफन भुला दिया’ लगायतका गजल रेकर्ड गराएका थिए।

उनको गजलहरू भारतको अल इन्डिया रेडियोबाट समेत प्रसारण भएको थियो । 

 

माघ ९, २०७७ शुक्रबार १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।