मुस्कान हराएका पुष्पकमल
काठमाडौँ अस्तव्यस्त बनाउने घोषणा गर्दै शुक्रवार विरोध प्रदर्शनको आयोजना भयो। शुक्रवारको प्रदर्शनले उनले भनेझैँ काठमाडौंवासीको दैनिकी अस्तव्यस्त त बनायो। तर त्यसले विघटित प्रतिनिधि सभा ब्युँताउन दबाब दिन सफल भयो या भएन भोलि दिनमा देखिने नै छ।
घोषणा अनुसार २ लाख प्रदर्शनकारी नदेखिए पनि उल्लेखनीय थिए सहभागी। आयोजक निराश भइहाल्नुपर्ने अवस्था थिएन। तर खै के भयो कुन्नि दाहालको मनमा भने चैन देखिएन। प्रदर्शनको प्रारम्भदेखि नै निक्कै मलिन देखिएका उनी कार्यक्रम अवधिभर उस्तै देखिए। उनको मुहार हेर्दा कसैले मुस्कान चोरेर लगे जस्तै देखिएको थियो।
माघ ९, २०७७ शुक्रबार १६:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।