मिलेर जान पौडेललाई देउवाको प्रस्ताव

मिलेर जान पौडेललाई देउवाको प्रस्ताव

पैडेलले संसद् विघटनविरुद्ध देउवाको लाइनभन्दा भिन्न लाइन लिँदै आए पूर्नस्थापनाको पक्षमा आफ्ना धारणा राख्दै आएका छन्। बोहाराटारमा रहेको पौडेलको निवासमा पुगेका देउवाले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न पौडेललाई प्रस्ताव राखेका थिए।

काँग्रेसमा साङ्गठनिक समायोजन, क्रियशिल सदस्यता लगायतका विषयमा विवाद छ। पौडेल निकट स्रोतका अनुसार देउवाले पार्टीभित्र देखिएको समस्या समाधान गर्न दुवै मिल्नुपर्ने प्रस्ताव गरेका थिए। दुबैबिच संसद् विघटनविरुद्ध पार्टीले सुरु गरेको आन्दोलनबारे समेत छलफल भएको थियो।

काँग्रेसले तीन चरणको आन्दोलन गरिसकेको छ। देउवा सर्वोच्चमा चलिरहेको संसद् विघटनविरुद्धको बहस टुङ्गोमा पुगेपछि थप आन्दोलन अगाडि बढाउने पक्षमा छन् भने पौडेल अदालतमा बहस जारी रहे पनि पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने पक्षमा छन्। 

 

 

माघ ५, २०७७ सोमबार २२:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।