ललिता जग्गा प्रकरणमा सर्वोच्चले दीप बस्न्यातको फाइल मगायो 

ललिता जग्गा प्रकरणमा सर्वोच्चले दीप बस्न्यातको फाइल मगायो 

पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश विरुद्ध बस्न्यातले सर्वोच्चमा पुनरावलोकनको माग गर्दै निवेदन दिएका थिए। सोही निवेदनको आधारमा सोमबार 

सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले विशेषसँग कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।

२०७६ मङ्सिर २८ मा विशेषले ललित निवास परिसरको सरकारी जग्गा गैर कानुनी ढङ्गले व्यक्तिका नाममा लैजान संलग्न देखिएको भन्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई हिरासतमा राख्ने आदेश दिएपछि उनी डिल्लीबजार कारागारमा छन्।

भौतिक पूर्वाधार सचिवको रूपमा कार्यरत रहँदा उनले नक्कली मोहीको नाममा सरकारी जग्गा नामसारीमा संलग्न रहेको उनीमाथि अभियोग छ। 

माघ ५, २०७७ सोमबार २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।