गायक गायिका र म्युजिक कम्पनीका सञ्चालक आमने सामने

गायक गायिका र म्युजिक कम्पनीका सञ्चालक आमने सामने

यसमा गायक राजेश पायल राईको दोस्रो नम्बरमा नै सुवासको गाली गलौच विरुद्ध हस्ताक्षर थियो। यस विषयमा गायक राजेश पायल राईले आफ्ना भनाइहरू राखेका छन्। उनले आफ्नो हस्ताक्षर विन्दवासिनी म्युजिक कम्पनी र लिना रेग्मी शर्मा विरुद्ध नभएको बताएका छन्।  

उनले भने ,‘ प्रमोद खरेल भाईले विन्दवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीले सामाजिक सञ्जालमार्फत कलाकारलाई र त्यही माथि गायक गायिकालाई तथानाम गाली गलोज गर्यो । मेरो ११ वर्ष अघिकै हिसाब किताब पनि देखाउँदैन बरु उल्टै तथानाम गाली गलौच गर्छ भन्ने खाल्का कुरा गर्यो । मैले हामीले बनाउँदै गरेको म्युजिक क्षेत्रलाई गाली गरेपछि त्यसो हो भने त गलत हो भनेर भन्दै प्रमोदलाई सम्झाए । सुवास रेग्मीले आइन्दा गायक गायिकालाई गाली नगरोस्  र तिम्रो हिसाब किताब पनि देखाओस् भन्ने हेतुले हस्ताक्षर गरेको हो।’

उनले आफ्नो हस्ताक्षर  विन्दवासिनीकी सिइओ लिना रेग्मी विरुद्ध नभएको बताएका छन्। उनले विन्दवासिनीका सञ्चालक सुवास रेग्मी र गायक प्रमोद खरेलबिच क्लियर हुन् र गायक गायिकालाई तथानाम गाली गर्ने सुवास रेग्मीलाई पक्रनु प¥यो भनेर हस्ताक्षर गरेको बताए। 

उनले आफ्नो लिना जी र विन्दवासिनीसँग कुनै लेना देना नरहेको बताए । ‘ यस विषयमा जो अन्यायमा परेको भए पनि उसले न्याय पाउनुपर्यो ? चाहे प्रमोद खरेल होस् चाहे लिना ।’

गायक प्रमोदले ११ वर्ष अघि विन्दवासिनी म्युजिक कम्पनीलाई आफ्नो प्रणय एल्बम प्रचार प्रसारका लागि ५ वर्षको सम्झौता गरेको बताएका छन्। उनले ११ वर्ष पछि आफ्नो एल्बमका गीत माग्दा विन्दवासिनीका सञ्चालक रेग्मीले अनेक गाली गलौच गर्नुका साथै आफ्नो गीतलाई मेरो हो भन्ने गरेको गुनासो गर्दै आएका छन्। 

यो एल्बममा आफ्नो लगानी परेको भन्दै विन्दवासिनीका सञ्चालक सुवास रेग्मीले प्रमोदलाई अड्डा अदालत जान भनेका थिए। यही विषयमा हस्ताक्षर सहितको उजुरी प्रहरीमा परेको हो । 

माघ ५, २०७७ सोमबार १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।