भारतीय ६ कलाकार जसले हेर्न पाएनन् आफ्नो अन्तिम फिल्म
एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपूत जसको आकस्मिक मृत्युले बलिउड नगरीलाई शोकमा डुबायो। उनले आफ्नो फिल्म दिल बेचारा रिलिज हुनुभन्दा केही दिन अगाडि मात्रै आत्महत्या गरेका थिए। सुशान्त झैँ बलिउडमा यस्ता अन्य कलाकार पनि छन् जसले आफ्नो अन्तिम फिल्म हेर्न पाएनन्।
सुशान्त सिंह राजपुर
राजपूतले आफ्नो फिल्म दिल बेचारा हेर्न पाएनन्। फिल्म रिलिज हुनु अगाडि नै उनले आत्महत्या गरेका थिए। राजपूतले सन् २०२० १४ जुनमा आत्महत्या गरेका हुन्। हत्या कि आत्महत्या भन्ने विषयमा भारतमा खुब हङ्गामा समेत भएको थियो। उनको निधनको केही दिनपछि डिजिटल प्लेटफर्ममा उनले अभिनय गरेको फिल्म रिलिज भएको थियो।
श्रीदेवी
बलिउडमा सबैभन्दा धेरै मन पराइएकी अभिनेत्री श्रीदेवीले पनि आफ्नो अभिनय रहेको फिल्म जिरो हेर्न पाइनन्। २०१८ फेब्रुअरी २४ मा उनको निधन भयो। उनको अभिनय रहेको फिल्म जिरो डिसेम्बरमा रिलिज भयो।
ओम पुरी
अभिनयमा खारिएका भारतीय कलाकार ओम पुरीले पनि आफ्नो अभिनय रहेको ट्युवलाइट हेर्न पाएनन्। सन् २०१७ जनवरी ६ मा ह्रद घातका कारण उनको निधन भयो। उनको अभिनय रहेको फिल्म ट्युवलाइट ६ महिनापछि रिलिज भएको थियो।
राजेश खन्न
बलिउडमा तीन दशक राज गरेका अभिनेता राजेश खन्नाले अभिनय गरेको अन्तिम फिल्म बन्यो रियासत। सन् २०१२ जुलाई १२ मा उनको निधन भयो। उनको निधन भएको २ वर्षपछि मात्रै रियासत फिल्म रिलिज भएको थियो।
शम्मी कपूर
७० दशकका उत्कृष्ट अभिनेता शम्मी कपूरको निधन भयो सन् २०११ अगस्त १४ मा। उनले अभिनय गरेको अन्तिम फिल्म बन्यो रणवीर कपूरले अभिनय गरेकी रक स्टार जुन उनले हेर्न पाएनन्।
स्मिता पाटिल
स्मिता पाटिलको अन्तिम फिल्म बन्यो गलियो कि बादशाह। सन् ८० को दशककी उम्दा अभिनेत्री उनको निधन सन् १९८६ मा भएको थियो। उनको अभिनय रहेको फिल्म गलियो कि बादशाह सन् १९८९ मा रिलिज भएको थियो।
माघ २, २०७७ शुक्रबार ००:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।