नेपाली लाइन प्रड्युसर भएको साउथ इन्डियन फिल्म 'मास्टर' नेपालमा रिलिज हुने
काठमाडौँ : कोरोना सङ्क्रमणका कारण हल आउन डराइरहेका दर्शकलाई लोभ्याउन नेपाली हल सञ्चालकले साउथ इन्डियन फिल्म मास्टर रिलिज गर्ने भएका छन्।
भारतमा सो फिल्म बिहीबारबाट रिलिज भएको छ। नेपालमा भने शुक्रवारबाट यो फिल्म रिलिज हुँदैछ।
भारतमा पनि महामारीपछि ठुलो ब्यानरको फिल्म सार्वजनिक भएको यो पहिलो हो।
लोकेश कंगराजको निर्देशनमा बनेको तमिल फिल्मका दुई सुपरस्टार विजय र विजय सेतुपती सँगै पर्दामा आउँदै छन्। भारतमा टिकट काउन्टर अगाडि दर्शकको सङ्ख्या कम गर्न अनलाइन टिकट बुकिगं खुल्ला गरिएको थियो।
३८ सय पर्दाका साथ रिलिज भएको ‘मास्टर’ तमिलसँगै फिल्म तेलगु, कर्णाटक, मलयालम र हिन्दी भाषामा पनि रिलिज भएको छ। नेपालमा समेत यी दुई अभिनेताको फ्यान फलोइङ राम्रो छ।
भारतीय चर्चित कलाकार रजनिकान्तसँग राजेन्द्र घिमिरे
सो फिल्ममा नेपाली नागरिक राजेन्द्र घिमिरे लाइन प्रड्युसरकाे रूपमा संलग्न छन्। नुवाकोटका घिमिरे लामो समयदेखि मुम्बई र साउथ इन्डियन फिल्मको निर्माणमा संलग्न छन्।
माघ १, २०७७ बिहीबार २३:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।