प्रधानमन्त्री ओलीको योग मुद्रा (फोटो फिचर)
काठमाडौं : प्रायःजसो कार्यक्रममा भाषणकै कारण विवादमा तानिने प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली आज (बिहीबार) बिहानको एक कार्यक्रममा भने शान्त थिए। कारण थियो– योगाभ्यास।
राष्ट्रिय योग दिवसका अवसरमा बालुवाटारस्थित सरकारी निवासमा आज आयोजित योगाभ्यास कार्यक्रममा प्रधानमन्त्री ओली योग मुद्रामा देखिएका थिए।
योगगुरुलाई पछ्याउँदै योगका विभिन्न आशन गर्दै थिए उनी।
कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए।
राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीहरूलगायत सहभागी थिए।
यो वर्षको योग दिवस ‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित मनाइँदै छ।
नेपालमा २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइन थालिएको छ।
माघ १, २०७७ बिहीबार १७:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।