पृथ्वीनारायणको सालिक पुग्न सडकको बार नाघिन् मनीषाले (फोटो फिचर)
एकता दिवस मनाउन मनीषा दलबलसहित सिंहदरबार त पुगिन् तर रोक्न प्रहरी थिए ।
भद्रकाली चोकदेखि सिंहदरबार गेटसम्म पुग्न चार तहको सुरक्षा घेरा बनाएको थियो प्रहरीले।
उनी केही समय भद्रकालीमै अड्किइन्
कसैसँग फोनमा कुरा गरिन्। सायद प्रहरीको उपल्लो तहका अधिकृत हुन् कि !
उनीसँगै र्यालीमा रहेका केही सहभागीले सडक पेटीमा लगाएको बार नाघेर मूल सडकतिर लागे। उनको नजर त्यतै पर्यो। केही सहभागीले उनलाई पनि बार नाघेर सडकमा आउन अनुरोध गरे उनी तयार भइन् र बढो सकसका साथ बार नाघेर मूल सडकमा पुगिन्।
पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न यत्तिको सकस पाएपछि उनी कति रिसाइन् उनको ट्विटमै देखियो। उनले ट्विट गरेर प्रश्न गरिन् ‘पानीको फोहरा र टियर ग्याससहित नै तैनाथ प्रहरीलाई पठाउने सरकार के नेपालीको सरकार नै हो?
पुष २७, २०७७ सोमबार १७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।