मन्त्रिपरिषद्को बैठकमा १० मन्त्री गयल, म्याकबुक 'हरायो'

मन्त्रिपरिषद्को बैठकमा १० मन्त्री गयल, म्याकबुक 'हरायो'

काठमाडौं : राष्ट्रियसभाको बैठक आइतबार बेलुकाबाट अन्त्य गर्ने निर्णय गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा राखिएका २२ कुर्सीमध्ये १० वटा रित्ता थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक हलमा २२ मन्त्रीमध्ये १२ जना मात्र सहभागी थिए। मन्त्रीहरू मन्त्रिपरिषद्को बैठकमा गयल हुँदा रित्तो देखिएको थियो बैठक हल।

 बैठकमा गृहमन्त्री रामबहादुर थापा*, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, सञ्चारमन्त्री पार्वत गुरुङ, सहरी विकासमन्त्री प्रभु शाह, खानेपानीमन्त्री मणि थापा लगायतका सहभागी थिए। 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योगमन्त्री लेखराज भट्ट, भूमि सुधारमन्त्री शिवमाया तुम्बाहाम्फे, कृषिमन्त्री पद्मकुमारी अर्याल र महिला तथा बालबालिकामन्त्री जुलीकुमारी महतो गयल थिए।

‘हरायो’ म्याकबुक

मन्त्रिपरिषद्को बैठकलाई हाइ टेक बनाउने भन्दै सबै मन्त्रीलाई म्याकबुक बाँडिएको थियो। तर, आइतबारको बैठकमा तीन जना मन्त्रीसँग मात्र ल्यापटप देखिन्थ्यो। 

प्रधानमन्त्री केपी ओलीले जेठ १६ गते राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिकरूपमै ल्यापटप चलाउन नआउने मन्त्रीलाई बिदा गरिने बताएका थिए। 

आइतबारको बैठकमा भने प्रधानमन्त्री आफै ल्यापटप नबोकी उपस्थित भएका थिए।

* गृहमन्री कृष्णबहादुर महरा भएकाले सच्याइएकाे 

२६ पुस, २०७७, १४:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।