प्रधानमन्त्री ओलीले चार पूर्व प्रधानन्यायाधीश धम्क्याउन प्रयोग गरेको कार्यक्रमको ६ झलक
सर्वोच्च अदालतका चार पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रवार विज्ञप्ति जारी गरी ओलीले संविधानमै नभएको व्यवस्था प्रयोग गरेर संसद् विघटन गरेको बताएका थिए।
उनले भने,‘सडकबाटै फैसला गर्न मिल्छ ? उहाँहरूले जे भन्नुहुन्छ त्यसै अनुसार फैसला हुनुपर्ने भन्दै प्रश्न गरे ‘‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने ? सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’
सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दालाई लिएर विज्ञप्ति जारी गरी आफ्नो कदम असंवैधानिक भन्नु गलत भएको ओलीको भनाई थियो। ‘पोहोर, परार जागिर खाएको थिए र अहिले पनि जागिर खाएको छु भन्ने नठान्नुहोस्। सर्वोच्च अदालतको सर्वोच्च पदमा रहेका व्यक्तिहरूले अदालतलाई गुहराममा पार्ने, धम्क्याउने, अलमल्याउने गर्न पाउँदैन। बन्द गर्नुपर्छ’ उनले भने।
पुष २५, २०७७ शनिबार २०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।