बैशाखमा कर्णालीमा लगानी सम्मेलन

बैशाखमा कर्णालीमा लगानी सम्मेलन

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले कर्णालीमा लगानीमैत्री वातावरण सिर्जना गर्न र विकास साझेदार संस्थाको आकर्षण बढाउन लगानी सम्मेलनको आयोजना गर्न लागिएको बताए। 

अहिले आयोगले परियोजना बैँकको काम गरिरहेको छ। परियोजना बैंकको काम भइरहेकाले सकेर सम्मेलन गरिने जानकारी उनले दिए। 

लगानी सम्मेलनको तयारीका लागि प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकाया र योगेन्द्रवहादुर शाहीलाई संयोजन गर्न जिम्मेवारी दिइएको छ। 

सदस्य रोकायले कर्णालीमा लगानी आकर्षित गरी नीजि क्षेत्र बैदेशिक, गैरआवसीय नेपालीहरुबाट पनि लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलन गर्न थालिएको बताए। उनले लगानी सम्मेलनमा आर्कषण परियोजना प्रस्तुत गरिने जानकारी दिए। 

यस्तै कर्णाली प्रदेश विकास परिषदको बैठक आगामी चैतमा बस्ने भएको छ। बैठकमा स्थानीय तहको आवधिक योजना निमार्णको लागि सहजीकरण, प्रदेश महत्वको आयोजनाहरुको अद्यावधिक गर्ने र लगानी सम्मेलनको बारेमा छलफल गरिने सदस्य रोकायले जानकारी दिए। 

प्रदेश समसामयिक विकास सम्बन्धी समस्याको समाधानका बिषयमा छलफल, प्रदेश र स्थानीय तहबीच साझेदारी गर्ने विषय पनि छलफल हुने उनको भनाइ छ। 

यस्तै योजना अयोगले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय आयोजनाको विस्तृतिकरणको संलग्न दस्तावेज आयोगबाट कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदमा स्वीकृतिका लागि सिफारिस गर्ने निर्णय गरेको आयोगका उपाध्यक्ष खड्काले जनाए।

उनका अनुसार आयोगको कार्य सम्पादनलाई थप प्रभावकारी एवं नतिजामुखी बनाउन तर्जुमा भएको वार्षिक कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा लिने निर्णय गरेको छ।

पुष २५, २०७७ शनिबार १७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।