अदालतले ओलीको कदम सदर गरे कांग्रेस चुनावमा जान्छ : देउवा
ओलीले चुनाव गराउँछन् भन्नेमा भने देउवाले शंका रहेको बताए। संसद विघटनको विरोधमा शनिबार काठमाडौं ५ मा आयोजित प्रदर्शनको सम्बोधनका क्रममा देउवाले ओलीको कदम प्रजातन्त्र र संविधान बिरुद्धको कदम भएको बताए।
देउवाले सम्बोधनका क्रममा सर्वोच्चमा विचाराधीन मुद्दामा बोल्न नहुँने बताए। कार्यक्रममा उनले भने, ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ। अदालतको निर्णय कांग्रेसले मान्छ। सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’
सभापति देउवाले ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने बताए। संसद विघटन संविधान विरोधी कदम भएको बताएका उनले अदालतमा विचाराधीन मुद्दा भएकाले जुलुस निकालेर यो गर, वा त्यो गर भन्न नहुने धाराणा राखे।
कांग्रेसले संसद विघटनको बिरोधमा घोषणा गरेको दोस्रो चरणको आन्दोलन अन्र्तगत आज देशका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा बिरोध सभा गरेको छ।
पुष २५, २०७७ शनिबार १६:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।