संसद् विघटनविरुद्ध डा. केसीसहितका अगुवा सडकमा (फोटो फिचर)
प्रदर्शनकारीहरुले ‘अहिंसात्मक नागरिक प्रदर्शन किन ? ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न, प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न’, ‘संवैधानिक सर्वोच्चता कायम गर, संविधानविरुद्धको षडयन्त्र बन्द गर’, ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’, ‘संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति सिफारिस खारेज गर’ ‘गंगामायाको सत्याग्रहको सुनुवाइ गर, अपराध पीडितको न्याय सुनिश्चित गर’ लगायत नारा लेखिएका प्लाकार्ड बोकेका छन्।
पुष २५, २०७७ शनिबार १३:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।