भेरीमा बस खस्दा चालकको मृत्यु
दाङबाट रिजर्भ लिन सल्लिबजार जाँदै गरेको ना ५ ख ७७ नम्बरको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गौडाबाट भेरी नदीमा खस्दा बस चालक सुमन नेपालीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार दिपक भनिने इश्वर सुनार घाइते भएका छन्। उनलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घाइते सुनारका अनुसार बसमा तीन जनामात्र सवार रहेको बुझिएको प्रहरीले जनाएको छ। अर्का एक जना वेपत्ता रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। उनको खोजी कार्यमा प्रहरी र स्थानीयहरु जुटेका छन्। वेपत्ताको पहिचान खुल्न सकेको छैन।
डिएसपी घर्तीले छिन्चु–जाजरकोट सडक खण्डमा भएको दुर्घटनामा बस सडकबाट करिव तीन सय मिटर तल खसेको बताए। उनले दुर्घटनाको कारण भने नखुलेको जानकारी दिए।
पुष २३, २०७७ बिहीबार १७:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।