साथीको हत्या गरेर भारत भाग्दै गरेका शर्मा पक्राउ

साथीको हत्या गरेर भारत भाग्दै गरेका शर्मा पक्राउ

काठमाडौँ  : कैँचीले हानेर साथीको हत्या गरी भारततिर माग्दै गरेका सुबोध शर्मा पक्राउ परेका छन्। बालाजुको बाइपासको सडकमा उनले कलाम मियालाई कैँचीले हानेर घाइते बनाएका थिए।

कैँची लागेर घाइते भएका मियालाई उनको आफन्तले उपचारका लागि शिक्षण अस्पताल महारागञ्जमा लगेकोमा उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो।

उनलाई भारत मोतिहारीका शर्माले कैँचीले हानेर भागेको खुलेपछि प्रहरीले खोजी सुरु गरेको थियो।

खोजीको क्रममा उनी टाटा सुमो भाडामा लिएर काठमाडौँबाट वीरगन्ज जाँदै गरेको अवस्थामा फर्पिगंमा फेला परेका थिए।

बुधवार बिहान फेला परेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेर अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाएको छ। 

 

पुष २२, २०७७ बुधबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।