ठुलो अपराध गरेर आत्महत्या गर्छु भन्ने आफै हिरासतमा
काठमाडौं : प्रहरीलाई फोन गरेर आत्महत्याको धम्की दिने ब्यक्ति आफै प्रहरी हिरासत पुगेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरको हटलाइनमा फोन गरेर ठुलो अपराध गर्ने र आत्महत्या गर्ने भन्दै धम्क्याउने काभ्रेका रामकुमार श्रेष्ठ पक्राउ परेका हुन् ।
उनले ललितपुर प्रहरीको हटलाइनमा दिउस ४ बजे फोन गरेर आज ८ बजे ठुलो क्राइम गर्छु अनी आत्महत्या गर्छु भनेर फोन गरेका थिए । फोन आएपछि प्रहरीले उनको लोकेसन हेरेर खोजि थालेको थियो।
प्रहरीले उनी ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ बस्ने गरेको पत्ता लगायो र नियन्त्रणमा लियो। ३८ वर्षीय श्रेष्ठ महानगरीय प्रहरी वृत सातदोबाटोको नियन्त्रणमा छन्।
पुष २१, २०७७ मंगलबार २३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।