विप्लव समूहका दुई कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ
जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार नरहरिनाथ गाउँपालिका–९, बाट विस्फोटक पदार्थसहित स्थानीय ३६ वर्षीय दुर्गबहादुर बोहोरा र जाजरकोटको भेरी नगरपालिका–२ का पदमबहादर पुन पक्राउ परेका हुन्।
आइतबार साँझ पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले आज (सोमबार) सार्वजनिक गरेको हो।
उनीहरूको साथबाट अर्धनिर्मित काठको एक थान बन्दुक, प्रेसर कुकर बम, तार, डेटोनेटर, पटाका, बम बनाउने सकेटलगायत बरामद गरिएको प्रहरीले जनाएको छ।
पुष २०, २०७७ सोमबार १४:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।