प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्चमा १० वटा रिट

प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्चमा १० वटा रिट

काठमाडौं-सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरुद्ध १० वटा रिट परेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार अहिले सम्म १० वटा रिट परेको र सबै रिट दर्ता प्रक्रियामा रहेको उनले जानकारी दिए ।

‘हालसम्म कुनै पनि रिट दर्ता भएको छैन रिट आउने प्रक्रिया जारी छ अहिले सम्म १० वटा आएको छ’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको प्रस्ताव राष्ट्रपति समक्ष गरेका थिए ।
राष्ट्रपति भण्डारीले हिजै प्रतिनिधि सभा विघटन गरी वैशाख २३ र २७ गते चुनाएको घोषणा गरेकी थिइन् ।

पुष ६, २०७७ सोमबार १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।