कामचलाउ भएको सरकारले महत्वपुर्ण निर्णय गर्न पाउदैन : खाँण

कामचलाउ भएको सरकारले महत्वपुर्ण निर्णय गर्न पाउदैन : खाँण

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खाँणले काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न नपाउने बताएका हुन। 

‘कामचलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउदैन। यदी गर्यो भने त्यस्तो निर्णय कांग्रेसलाई स्वीकार्य हुनेछैन’ नेता खाँणले भने। 

नेता खाँणले राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयको हल्काराको रुपमा काम गरेको टिप्पणी पनि गरे। 

संविधानको बर्खीलाप हुने गरी प्रम ओलीले व्यक्तिगत स्वार्थमा गरेका निर्णय तथा सिफारिसको मसी सुक्न नपाउदै राष्ट्रपतिले स्ट्याम्प लगाइदिएको भन्दै उनले राष्ट्रपति कार्यालयलाई हल्लाकाराको संज्ञा दिएका हुन। 

‘राष्ट्रपतिसंग बिषय विज्ञ सल्लाहकारको टिम छ तर कसैसंग सल्लाह गर्नु हुन्न। ओलीले गर्ने जनहित र संविधान विपरितका अध्यादेश, सिफारिसको मसीसुक्न नपाउदै स्ट्याम्प लगाएर पठाइदिनु हुन्छ’ नेता खाँणले भने।  

संविधानका कुनैपनि धाराले बहुमतको प्रधानमन्त्रीलाई यथास्थितीमा संसद बिघटन गर्ने अधिकार नदिएको भन्दै उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर मुलुकलाइ एकदलिय सर्बसत्ताबादतर्फ लैजान संसद विघटनको कदम चालेको आरोप लगाए।

सरकारले गरेका भ्रष्टाचार लुकाउन पनि संसद विघटन गरेको उनले बताए। निर्वाचनको मिति तोकेर संसद विघटन गरिए पनि ओलीको मानसिकता बैशाखमा चुनाव गर्नु नरहेको भन्दै उनले कोरोनाको बहानामा संकटकाल लगाएर निर्वाचन सार्न सक्ने खतरा औँल्याए।

संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई सहि दिशा दिन नेपाली कांग्रेस सडकमा निस्किएको भन्दै उनले देश र जनताकालागि जस्तोसुकै बलिदान दिन कांग्रेस तयार रहेको बताए। 

पछिल्लो राजनीतिक अवस्था र प्रदेश सरकारहरुको फेरबदलका सम्बन्धमा उनले असंवैधानिक कदमको बिरोधमा रहेकाहरुसंगको सहकार्य पहिलो रोजाई हुने बताए।

कांग्रेसलाई सत्तामा जाने हतार नभएपनि लोकतान्त्रिक पार्टी भएकाले ढोका थुनेर बस्न नमिल्ने भन्दै उनले परिस्थितीअनुरुपको सहकार्य हुन सक्नेतर्फ पनि संकेत गरे।

पुष १४, २०७७ मंगलबार २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।