स्विमिङ पुल सम्झियो कि अभिनेत्री सुपुष्पाको ज्यान काम्छ
जाडो मौसम कस्तो लाग्छ ?
जाडो मौसम एकदमै मन पर्छ। गर्मी मौसम मलाई खासै फाप्दैन। त्यसैले मेरा लागि जाडो मौसम नै ठिक।
फाप्ने कुरा त। यो बाहेक अन्य केही छ जाडो मौसम मन पर्नुको कारण ?
दिउँसो घाम तापेर बदाम,सुन्तला खान पाइन्छ। सुप खान मलाई वेस्ट लाग्छ। त्यसमा पनि घाम ताप्नुको छुट्टै मज्जा हुन्छ नि !
गर्मी त्यत्ति मन पर्दैन भन्नुभयो। केही छ यसको कारण ?
मेरो शरीर लाई गर्मीको हावापानी ,घाम सहन गाह्रो मान्छ । मलाई गर्मी मौसम किन हो कुन्नि फाप्दैन पनि।
जाडोका विशेष पहिरन छ कि ?
लङ कोट नै मन पर्छ।
जाडोको समयमा कुनै सुटिङ परेको छ?
धेरै पटक परेको छ। हालसालैको कुरा गर्ने हो भने हिजो एक म्युजिक भिडियोको सुटिङ थियो। यो पुसको जाडोमा त्यो पनि रातिको ९ बजेसम्म सुट भएको थियो। यो चिसोमा गर्मी मौसमको लुगा लगाएर नाच्नु परेको थियो। चलचित्र ‘चपल हाइट२’ को छायाङ्कनमा पनि यस्तै समयमा सुटिङ परेको थियो।
सुटिङ कुनै स्मरणीय क्षण ?
हालै निकेश खड्काको निर्देशनमा मैले एउटा म्युजिक भिडियोमा अभिनय गरे। उक्त गीतमा गर्मी मौसमका पहिरन लगाएर डान्स गर्नुपर्ने थियो। साँझसम्ममा भिडियो सकिएला भनेको रातीको ९ बज्यो।
सबैले न्यानो लुगा लगाएका छन् आफू भने थुरथुर कामेर बस्नु पर्यो। अर्को चाहिँ चलचित्र ‘चपली हाइट२’को सुटिङ स्विमिङ पुलमा थियो। जाडो मौसममा स्विमिङ पुलमा पौडिँदाको त्यो सिन सम्झँदै आङ सिरिङ्ग हुन्छ । कति धेरै जाडो भयो भने, अहिले सम्झँदा नि जिउँ काम्छ।
पुष १४, २०७७ मंगलबार १७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।