सम्बृद्धिको यात्रा ओलीको गाईजात्रा (फोटो फिचर)
काठमाडौं : मन्त्रिपरिषद्को सिफारिसका राष्ट्रपतिले गरेको संसद विघटनको निर्णयविरुद्ध नागरिक अगुवाहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छ।
‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ नाम दिएर लेखक, कलाकारहरुले विरोध प्रदर्शन गरेका हुन्।
नागरिक आन्दोलन सिल्पी नाटक घरको टोलीले जनादेशको हत्या गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिको पुत्लामाथि बुर्कीछर्दै शंख फुकेर विरोध जनाएका थिए।
सांकेतिक विरोधस्वरुप ओली र भण्डारीले चालेको प्रतिगमनबाट गणतन्त्र बचाउनु पर्छ भन्ने नारासहितको ओली र भण्डारीको मुखौटो कागजमा छापेर उल्टो मार्चापाससमेत गरिएको थियो।
विरोध सभामा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी, पत्रकार नारायण वाग्ले र लेखक तथा प्राध्यापक बालकृष्ण अणबणेले ओली नेतृत्वको सरकारले चालेको प्रतिगामी कदमको सबैले विरोध गर्नुपर्ने बताए।
पुष ११, २०७७ शनिबार १६:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।