रातमा खुलेकी रानीपोखरी
काठमाडौँ: आफ्नी रानीको सम्झनामा राजा प्रताप मल्लले निर्माण गराएको रानीपोखरी भूकम्पको प्रभावमा परेपछि झन्डै चौर बनिसकेको थियो।
स्थानीय निकायको स्वार्थले काठमाडौँको शानको रूपमा रहेको यो पोखरी झन्डै अस्तित्वविहीन भएको थियो। तर संस्कृति र पुरातत्त्व विद्हरूको निरन्तर खबरदारीले पाँच वर्षपछि भए पनि रानीपोखरीको वैभव फर्कियो।
रानीपोखरीको वैभव फर्कनुमा भक्तपुरका सम्पदा प्रेमीको मिहिनेत बिर्सन नसक्नु छ। दिनरात नभनी उनीहरूले आफ्नो पुरानो अनुभव उपयोग गर्दा अहिले शासनका साथ उभिएको छ रानीपोखरी। यसमा पुनर्निर्माण प्राधिकरणको साथ र सहयोग पनि उस्तै रह्यो।
सङ्कटमा परिसकेको सम्पदाको मुहार बदलिएपछि दिनसँगै रातमा समेत निक्कै खुल्छ रानीपोखरी। सम्पदाको सुन्दरतालाई समयानुकूल बदल्दै बत्ती को झिलिमिली दिँदा बढो सुन्दर देखिन्छ रानीपोखरी।
पुष ११, २०७७ शनिबार १६:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।