अनुमतिबिनै फिल्म हल सञ्चालन, सरकार भन्छ– कारबाही गर्छाैं
तर, सरकारले फिल्म हल सञ्चालन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले उकेरासँगको कुराकानीमा भने, ‘फिल्म हल खोल्ने अनुमति नभएकाले त्यसो गर्नेलाई कारबाही गरिने छ।’
साताअघि चलचित्र संघले एकलौटीरूपमा आज (पुस १० गते)बाट देशैभरका फिल्म हल खोल्ने निर्णय गरेको थियो।
फिल्म हल खुले पनि दर्शकको संख्या एकदमै न्यून रहेको चलचित्र संघले जनाएको छ।
सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि फिल्म हल बन्द गरेको थियो।
पुष १०, २०७७ शुक्रबार १८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।