‘पर्ख र हेर’ को रणनीतिमा कांग्रेस

‘पर्ख र हेर’ को रणनीतिमा कांग्रेस

यस सम्बन्धमा पुस १३ को प्रर्दशनपछि मात्र धारणा बनाउने कांग्रेसले जनाएको छ। संसद विघटनसँगै विभाजनको अवस्थामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कारण प्रदेश सरकारको अवस्था के हुने भन्ने बिषयमा कांगेसले घटनाक्रम हेरेर मात्र जारी केन्द्रीय कार्यसमिति बैठकले निर्णय लिने भएको हो।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश सरकारको समिकरणका घटनाक्रम हरेर एक सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा घोषणा गरिएको प्रदर्शनपछिमात्र निर्णय लिईने बताए।

‘नेकपा विभाजनको असर केन्द्र देखि प्रदेशसम्म पर्ने नै भयो। यो अवस्थामा गणितिए हिसावले कांग्रेस कहाँ उभिने भन्ने अहिले नै भन्ने अवस्था छैन’ शर्माले भने,‘घटनाक्रम हेरेर कार्यसमिति बैठकले निर्णय लिन्छ।’ 

विघटनबारे मतभेद छैन  

कांग्रेसले संसद विघटनको बिषयमा पार्टीमा कुनै विवाद नभएको जनाएको छ। ‘पार्टीमा कोही संसद विघटनको पक्षमा र कोही चुनावको पक्षमा रहेको भन्ने प्रचार भएको छ यो भ्रमपुर्ण छ।’ प्रवक्ता शर्माले भने,‘प्रधानमन्त्रीको प्रस्ताव र संसद विघटन असंबैधानिक हो भन्नेमा हामी स्पष्ट छौँ।’ 

शर्माले पुस ५ गते संसद विघटन भएकै दिन पदाधिकारी बैठकले असंबैधानिक घोषणा गरिसकेको स्पस्ट पारे।

शर्माले पुस ६ गतेको सर्वदलिय बैठकमासमेत कांग्रेस संसद विघटनको विपक्षमा उभिएको बताए। ‘यही जगमा उभिएर आन्दोलन घोषणा गरिएको छ। यसबीचमा जे जस्ता घटनाक्रम विकसित हुन्छन काठमाडौं फर्किएपछि निर्धारण हुन्छ’ प्रवक्ता शर्माले भने। 

पुस १३ गतेको प्रदर्शनमा केन्द्रीय नेताहरु सहभागि हुने नहुने सम्बन्धमा भने टुंगो लागि नसकेको उनले बताए। 

पुष १०, २०७७ शुक्रबार १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।