हल खोल्नेबारे प्रशासनले पठायो मन्त्रिपरिषद्मा पत्र

हल खोल्नेबारे प्रशासनले पठायो मन्त्रिपरिषद्मा पत्र

चलचित्र संघले एक्लौटी रुपमा हल खोल्ने निर्णय गरेपछि प्रशासनले संघलाई छलफलका लागि बोलाएको हो।

हल खुलाउने विषयमा प्रशासन सकरात्मक देखिएको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताए। 
उनले भने,‘सिडियो हल खुलाउने बिषयमा सकरात्मक देखिनुभएको छ’ प्रधानले भने,‘आज बस्ने मन्त्रिपरिषद्को बैठकमा हल खोल्ने बिषयमा पत्र पठाउने निर्णय छलफलमा भयो।’

सहायक प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले चलचित्रकर्मीले हल सञ्चालन गर्न पाउँ भन्ने पत्र सिडियोलाई बुझाएको बताए। 

‘उहाँहरुको पत्रलाई हामीले मन्त्रिपरिषद्मा पठाएका छौ। के निर्णय हुन्छ थाहा छैन’ दुलालले भने।

चलचित्र संघले एकल निर्णय गर्दै आजबाट हल खुलाउने निर्णय गरेको थियो। 

संघको एकल निर्णयपछि प्रधानमन्त्री कार्यलयले जिल्ला प्रशासनलाई पत्र पठाउँदै चलचित्रकर्मीसँग छलफल गर्न भनेपछि जिल्ला प्रशासनले छलफलका लागि बोलाएको थियो। 

पुष १०, २०७७ शुक्रबार १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।