जोखिम मोल्दै पुरानै चलचित्र हेर्न हलमा आइदिनुस् कसरी भन्नुँ –प्रदीप खड्का

जोखिम मोल्दै पुरानै चलचित्र हेर्न हलमा आइदिनुस् कसरी भन्नुँ –प्रदीप खड्का

उनले शुक्रबार काठमाण्डौको नयाँ बाँनेश्वरमा ‘मःम मज्जा, स्वाद घरको’ रेष्टुरेन्टको उद्घघाटन गर्दै हल खोलेर मात्र दर्शक हलमा नआउने बताएका हुन्। 
लकडाउन हटेपछिको सुरुवाती चरणमा रेष्टुरेन्ट तथा होटलहरु कडाई भएको उल्लेख गर्दै चलचित्र हल पनि त्यस्तै रहने बताए । हलमा चलचित्र हेर्न दर्शक एकैपटक आइहाल्ने अवस्था नरहेको बताए। उनले विस्तारै दर्शक हलमा आउने विश्वास गरे। 
प्रदीपले भने,‘चलचित्र हल जस्तै रेष्टुरेन्टमा पनि सुरुवातीको चरणमा  कडाई गरिएको थियो। रेष्टुरेन्टहरु खुल्न थालपछि मानिसहरुको विस्तारै रेष्टुरेन्टमा आउन थाले र अहिले पुरानै हिसावले चलहपहल हुन थालेको हो। चलचित्र हल पनि उस्तै हो।’
प्रदीपले चलचित्र हल खोलेर मात्रै पनि नहुने बताएका छन्।  उनले पुरानो चलचित्र हलमा लगाउँदा दर्शक हलमा नआउने तर नयाँ चलचित्र हलमा लगाउँदा निर्माता डुब्न सक्ने भएको हुँदा यस्तो अवस्थामा निर्मातालाई प्रोत्साहन गर्नुपर्ने बताए । 
उनले भने ,‘हल खोलेर मात्र हुँदैन निर्माताले चलचित्र दिने वा नदिने भन्ने कुरा पनि मुख्य हो। यो अवस्थामा निर्मातालाई प्रोत्साहन गर्ने कुनै नीति नै नल्याई हल मात्र खोलेर हुँदैन।’

एउटा निर्माताले जोखिम मोलेर चलचित्र चलाएपछि के पाउँछ भन्ने बिषयमा सरोकारवाला निकायले सोच्नुपर्ने प्रदीपको भनाई छ। 
आफुहरुले चलचित्र  ‘प्रेमगीत ३’ चलाउने बिषयमा चलचित्र क्षेत्रसंग संबन्धित संस्था चलचित्र संघ, निर्माता संघसँग छलफल गरेको बताए । छलफल गर्नुको उदेश्य भने चलचित्रका निर्मातालाई कसरी बचाउने भन्नेमा केन्द्रित थियो।  

आज शुक्रबारदेखि हलमा  पुरानै नेपाली चलचित्र ‘आमा र सेन्टिभाइरस’ प्रदर्शनको तयारीमा रहेका छन्। यस बिषयमा प्रदिप भन्छन् ,‘दर्शकलाई हलसम्म आउनुहोस् भनेर मैले त भनौंला। तर, पुरानै चलचित्र हेर्नलाई आउनुहोस् भन्दा दर्शकहरुले गाह्रो मान्नुहुन्छ किनभने पुरानो चलचित्र उहाँहरुले हेरिसक्नुभएको छ। 
नयाँ र राम्रो चलचित्र हलमा चलायो भने दर्शकलाई चलचित्र हेर्न आउनुहोस् भन्नै पदैन। उहाँहरु यसै पनि आउनुहुन्छ। जोखिम मोलेर पुरानो चलचित्र हेर्न हलमा आउनुहोस् भन्दा दर्शकहरु आउनुहुन्छ जस्तो मलाई लाग्दैन।’
प्रदिपका अनुसार पुरानो चलचित्र हेर्नका लागि रकम खर्च गरेर आउनुहोस् भनेर कसरी भन्ने ?  
नेपाल चलचित्र संघको एकलौटी निर्णयले आजबाट देरैभरका चलचित्र हल खुलेका छन्। हलमा गतवर्ष नै प्रदर्शनमा आएको चलचित्र ‘आमा र सेन्टिभाइरस’ प्रदर्शन गरिदैछ।

पुष १०, २०७७ शुक्रबार ०९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।