नेताज्यू मास्क खै !

नेताज्यू मास्क खै !

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले विघटन गराएको संसद् ब्युँताउन र निर्वाचन आयोगमार्फत आधिकारिकता पाउन पुष्पकमल दाहाल र माधव नेपाल समूह बिहीबार कार्की पार्टी प्यालेस बबरमहलमा भेला भएका थिए।

 

भेलामा सहभागी पूर्व गृह मन्त्री जनार्दन शर्मा, भीम रावल, नेकपा नेतृ पम्फा भुसाल, सांसद शेरबहादुर तामागत मास्क विहीन थिए।

अचम्म, भेलामा सहभागी अधिकांश राष्ट्रिय स्तरका नेता मास्कविहीन थिए। कसैको हातमा मास्क झुन्डिएको थियो त कसैको चिउँडोमा। कोही त मास्कै नलाई लखरलखर भिडमा हिँडिरहेका थिए।

केही नेता भने सचेत देखिए है। पुष्पकमल दाहाल अनि माधव नेपाल मास्कमै थिए। कोरोना सङ्क्रमित भएर मुक्त भइसकेका योगेश भट्टराईले पनि मास्क लगाएका थिए।

 

पुष ९, २०७७ बिहीबार १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।