कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं : नेपाली कांगेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।
दिउसो १ बजेलाई आह्वान गरिएको बैठक झण्डै २ घण्टा ढिलो गरी सुरु भएको हो।
संसद विघटनपछिको राजनीतिक अवस्थाबारे पार्टीको धारणा बनाउन बैठक आह्वान गरिएको हो।
पार्टी कार्यालय सानेपामा बैठक जारी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
पुष ७, २०७७ मंगलबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।