नेपाल–दाहाल पक्षको भेला सकियो, कानुनी उपचार खोजिने निश्कर्ष
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरका सांसदको भेला सकिएको छ।
भेलाले संसद विघटनविरुद्ध कानुनी तथा राजनीतिक उपचार खोजिने निर्णय गरेको नेपाल पक्षधर मानिने सांसद् रामकुमारी झाँक्रीले जानकारी दिइन्। यस्तै, भेलाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कानुनविपरीत संसद् विघटन गरेको निश्कर्ष निकालेको छ।
‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमा नभएको व्यवस्था प्रयोग गर्नु भएको छ,’ उनले थपिन्।
भेलामा ९० भन्दा बढी सांसद्को उपस्थिति रहेको भेलामा सहभागी एक सांसद्ले दाबी गरे। यो नेकपाका कूल सांसद् संख्याको बहुमतभन्दा बढी हो। संसद्मा नेकपाका १७४ सांसद् छन्।
बैठकबाट बाहिरिँदै वरिष्ठ नेता नेपाल लगायतका नेताले ओलीले गैह्रसंवैधानिक कदम चालेको बताएको छन्।
पुष ६, २०७७ सोमबार १६:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।