‘माया बस्छ कि के हो’को शीर्ष गीत सार्वजनिक

‘माया बस्छ कि के हो’को शीर्ष गीत सार्वजनिक

काठमाडौं : चलचित्र ‘माया बस्छ कि के हो’को शीर्ष गीत सार्वजनिक गरिएको छ।

सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको उक्त गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ। शरद अधिकारीको प्रस्तुति तथा राजु अधिकारीको निर्देशनमा बनेको चलचित्रमा सोनाल तामाङ र कस्मता निरौलाको मुख्य भूमिका छ। यो जोडीले यही चलचित्रबाट डेब्यु गरेका हुन्। 

जनपुकार मिडिया हाउस प्रालिको ब्यानरमा निर्मित चलचित्रमा आरती अधिकारीको कथा, अर्जुन पोखरेलको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ। चलचित्रलाई रवीन्द्र बरालले खिचेका छन्।

चलचित्रमा बहादुर सिंह तामाङ (लामा) र कृष्ण गिरीले लगानी गरेका छन्।
 

पुष ५, २०७७ आइतबार ०८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।