विवाह गरेको २ महिनामा गर्भवती भइन् भारतीय गायिका नेहा

विवाह गरेको २ महिनामा गर्भवती भइन् भारतीय गायिका नेहा

एजेन्सी : विवाह गरेको २ महिनामा भारतीय गायिका नेहा कक्कड गर्भवती भएकी छिन्। २४ अक्टोबर मा गायक रोहनप्रीतसँग उनले विवाह गरेकी थिइन्। उनले आफ्नो विवाहको तस्बिर सार्वजनिक गरेपछि मात्रै उनका प्रशंसकहरूले चाल पाएका थिए।

विवाह गरेको २ महिनामै उनले बेबी बम्प तस्बिर सार्वजनिक गरेकी हुन्। उनले रोहनप्रीतसँगको तस्बिर इन्स्टाग्राममा सार्वजनिक गर्दै लेखेकी छिन्' ख्याल राखिराख्नु'। त्यसको प्रतिउत्तरमा उनले लेखे' अब त धेरै ख्याल राख्नै पर्यो नि नेहु।'

उनको अकाउन्टमा आमा बन्न लागेकोमा बधाईको ओइरो लागेको छ। यी दुवै जना केही हप्ता अगाडि भारतीय कपिल शर्माको कमेडी शोमा सहभागी भएका थिए। नेहाले जानकारी दिए अनुसार यी दुवैको भेट अगस्टमा भएको थियो।

एक कार्यक्रममा भेट भएका उनीहरूबिच सामाजिक सञ्जालमार्फत कुराकानी सुरु भएपछि दुवै निकट भएका थिए। नेहालाई रोहनले प्रेस प्रस्ताव राखे पनि उनले अब आफू लङ्ग टाइम रिलेशनसिपमा बस्ने मुडमा नरहेको र विवाहको योजनामा रहेको बताएपछि रोहन सहमत भएका थिए।

पुष ४, २०७७ शनिबार १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।