दुइतिहाइको सरकारले जनताको पक्षमा कुनै काम गरेन : जोशी
उनले स्थिरसरकार हुँदा पनि नेकपा आफ्नै पार्टीभित्र कुर्सी तानातानको खेलमा लागेको भन्दै कोरोना महामारीमा पनि सरकार चुकेको आरोपसमेत लगाए।
अहिले अन्याय, भ्रष्टाचार, बेथिति बढेको भन्दै उनले मुलुको समृद्धि र दिगो शान्तिका लागि कांग्रेसको आवश्यकता रहेको दावी गरे।
कांग्रेस सुर्खेतका पूर्व सभापति एवं पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टले कम्युनिष्ट पार्टीको झगडाले नेपाली जनता आत्तिसकेको बताए। उनले केपी ओली नेतृत्वको सरकारले जनतामाथि ज्यादती लादेको भन्दै अब कांग्रेसको आवश्यकता बढेको बताए।
सभामा महिला संघका केन्द्रीय कोषाध्यक्ष जानकी सिंहलगायतले वर्तमान सरकारको निरंकुश कार्यशैलीको विरोध गरेका थिए।
कोरोना महामारी प्रभावकारी रुपमा नियन्त्रणमा ल्याउन नसकेको, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, पार्टी भित्रको किचलोले सरकार अस्थिर जस्तै भएको, महँगी, बलात्कार तथा अराजकता बढेको भन्दै कांग्रेस बिरोधमा उत्रेको हो।
नेपाली कांग्रेस सुर्खेतको आयोजनामा मंगलगढी चोकबाट विभिन्न नारा लगाउँदै बजार परिक्रमा गर्दै पिपलचौतारीमा सभामा परिणत भएको थियो।
मंसिर २९, २०७७ सोमबार १८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।