सुर्खेतका कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेतका कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेत : सुर्खेतका कोरोना भाइरस (कोभिड १९) संक्रमित पुरुषको मृत्यु भएको छ। 

काठमाडौंको ग्राण्डी इन्टरनेसनल अस्पताल काठमाडौंमा उपचाररत वीरेन्द्रनगर–९ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो। 

मंसिर ८ गते कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए। दुई दिनपछि पुनःस्वास्थ्यमा समस्या आएपछि परिवारको आग्रहमा उनलाई नेपालगन्ज रिफर गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

‘उनलाई श्वासप्रश्वासको समस्या देखिएको थियो,’ कँडेलले भने, ‘मेडिकल कलेजमा दुई दिन उपचारपछि अवस्था जटिल बन्दै गएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो, त्यहाँ पनि उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो।’

उनलाई भेन्टिलेटरमा राखी उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको कँडेलले जनाए। 

मंसिर २९, २०७७ सोमबार १४:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।