‘आधा लभ स्टोरी’मा कोरोना असरको कथा
काठमाडौं : लकडाउनका कारण आम मानिसमा पारेको नकारात्मक असरबारे कथा समेटिएको सर्ट फिल्म ‘आधा लभ स्टोरी’ निर्माण गरिएको छ।
धरानमा छायांकन गरिएको फिल्मको कथा, पटकथा, छायांकन, सम्पादन र निर्देशन प्रशान्त तामाङले गरेका छन्।
फिल्ममा सैव श्रेष्ठ, पवित्र शंकर, अनिता राई, रुपेन परियार, विशाल भण्डारी, विशाल श्रेष्ठ, विमस पौडेल, प्रिया कार्की, याशिन राई, अनुष्का आसमी, विद्या चौहान, आस्था आसमी, पवन तामाङ, राहुल ठाकुर, अविरल मगर, रिया सेन्चुरी र निकिता धमलाको अभिनय छ।
निर्देशक तामाङले लकडाउनका बेला मानिसहरू फ्रस्टेसनले गर्दा आत्महत्या र अन्य गलत बाटोमा लागेका कारण फिल्मको माध्यमबाट युवा पिढीहरूलाई सही मार्गमा ल्याउन उनीहरूलाई क्रियाशील बनाउन फिल्म निर्माण गरिएको बताए।
फिल्म प्रशान्त क्रिएसनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
मंसिर २९, २०७७ सोमबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।