संकटमा पर्यटक भित्र्याउन ‘डिजिटल प्रमोसन’

संकटमा पर्यटक भित्र्याउन  ‘डिजिटल प्रमोसन’

संकटको समयमा पनि नेपाल पर्यटन बोर्डले ‘डिजिटल प्रमोसन’ लाई समानान्तर रुपमा अगाडि बढाइरहेको छ। यो समयमा न त विदेशी नेपाल आउनसक्ने अवस्था छ। न त बोर्ड नै विदेश पुग्न सक्ने अवस्था छ। संकटमा अन्तराष्ट्रिय रुपमा भइरहेका अभ्यासलार्ई बोर्डले ‘प्रमोशन प्याकेज’ बनाउने लगायतका पूर्वतयारी गरिरहेको छ। हामी सम्पूर्ण रुपमा पूर्वतयारीको अवस्थामा छौँ। 

बोर्डले नेपालको ईतिहासमै पहिलोपटक मध्यपूर्व (खाडी) मुलुकलाई लक्षित गरेर प्रमोशन प्याकेज तयार गरेको छ। लकडाउनपछि बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले सहित १८ जनाको राजपरिवारका सदस्यले खुम्बु क्षेत्रको लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गरेसँगै नेपालबारेको चासो ह्वात्तै बढेको पाईएको छ। 

त्यस्तै चीनिँया पर्यटकलाई लक्षित गरेर पहिलोपटक बोर्डले आफ्नै ‘वि च्याट’ एकाउण्ट बनाएर यसमार्फत प्रचारप्रसार सुरु गरेको छ। चीनको ईन्टरनेट दुनियाँको महत्वपूर्ण हिस्सा बनेको ‘वि च्याट’ मार्फत प्रमोसनले धेरै अर्थ राख्छ। ‘वि च्याट’ बिना एउटा चीनिँयाको जीन्दगी चल्नै नसक्ने अवस्था छ ऐले। उनीहरुले ईन्टरनेट ब्राउजिङ, गुगल, फेसबुक ट्वीटर लगायतका सामाजिक सञ्जालको साटो र बैंकिंङ कारोबारमासमेत यसलाई नै प्रयोग गर्ने गरेका छन्। यसैलाई हामीले प्रचारप्रसारको महत्वपूर्ण माध्ययम बनाएका छौँ। 

यसबीचमा बोर्डले प्रमोशनका लागि बेभसाईटलाई विभिन्न १० अन्तराष्ट्रिय भाषामा डिजाईन गरेको छ।  प्रत्येक प्रदेशमा अफिसियल कमिटी गठनको काम सकिएको छ। सबै प्रदेशमा कार्यालय स्थापनाको कामसमेत सकिएको छ। कर्मचारी पठाउन काम प्रकृयामा छ। 

बोर्डले विदेशस्थित पर्यटन दुतलाई पनि कार्यविधि बनाएर व्यवस्थित गर्ने काम गर्न लागेको छ। कार्यविधिमार्फत एकजना नेपाली र एकजना नेपाललाई माया गर्ने विदेशीलाई दुत बनाउने र दुतको जिम्मेवारीलाई व्यवस्थित गर्न लागिएको हो। धेरै देशमा यस्ता दुत रहेका छन्। कुनै देशमा एकजना र कुनैमा अहिले पनि दुई जना दुत बनाईएका छन्। 

बोर्डले नेपालमा अध्ययन अनुसन्धानमा संलग्न भएका र नेपालबारे लेख लेखेका विद्धानहरुको ‘डाटावेस’ तयार पारिएको छ। उनीहरुलाई समावेश गरेर प्रत्यक्ष भिडियो क्लिप तयार गर्ने तयारी हुँदैछ। नेपालबारेको बन्यजन्तु, बनस्पति, हिमाल लगायतका बिषयमा अनुसन्धान गरेका करिव पाँच सय बैज्ञानिक नेपाल आउनसक्ने अवस्थामा रहेको पायौँ। 

उनीहरुलाई नेपाल ल्याएर प्रत्यक्ष विदेशीको मुखबाट उनीहरुको नेपाल भ्रमणको अनुभवबारेको भिडियो सामग्रीलाई विश्वभर प्रचार गर्ने योजना अनुसार काम भईरहेको छ। पर्यटन बोर्ड नेपालबाट बाहिर जान नसकेको र विदेशीहरु नेपाल आउन नसकेको अवस्थामा डिजिटल माध्ययम नै अहिले शशक्त माध्ययम बनेको छ। 

महामारीका कारण सिथिल पर्यटनलाई पुर्नउत्थान गर्न समस्या छैन। तर,कोराना विश्वव्यापी समस्या भएका कारण पहिलेकै अवस्थामा ल्याउन चूनौती भने छ। पुर्नउत्थानका लागि आन्तरिक पर्यटकको चहलपहल बढाउन सकेमात्र पनि सम्भव छ। तथ्यांक अनुसार नेपालमा वार्षिक रुपमा १२ लाख विदेशी घुम्न आउने गरेका छन्। 

नेपालबाट विदेश घुम्न जानको संख्या १२ लाख भन्दा बढी देखिन्छ। नेपालभित्रै आन्तरिक पर्यटकको गतिविधि बढाउन सकेको अवस्थामा पनि पर्यटनलाई पुर्नउत्थानका लागि समस्या छैन। 

संकटको समयमा पनि नेपालको विमानस्थल सञ्चालनमा आईसकेको छ। कतिपय देशमा अझैँ अन्यौलताको अवस्था छ। पर्यटकिय गतिविधि पनि लगभग सबै सञ्चालनमा आईसकेका छन्।

लगत्तै पोखरा र लुम्बिनी एरर्पोट पनि सञ्चालनमा आउने तयारीमा छन्। यसले संकटपछि पर्यटनलाई चलायमान बनाउन सक्छन्। जुन भोलिका दिनलाई आधार तयार भएको छ। 

हामीले सञ्चालनमा आउनुअघि नै यी विमानस्थलको पनि व्राण्डिङ सुरु गरिसकेका छौँ। गेट कस्तो बनाउने, भित्तामा के कस्ता तस्विर राखेर नेपाललाई प्रमोशन गर्न सकिन्छ भन्ने बिषय टुंगो लगाएका छौँ। पर्यटनलाई चलायमान बनाउन पूर्वतयारीको अवस्थामा छौँ। 

(नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग उकेराकर्मी केशवप्रसाद पाण्डेले गरेको कुराकानीमा आधारित) 

मंसिर २६, २०७७ शुक्रबार १८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।